Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

लागुऔषध अफिमसहित दुई जना पक्राउ

Company Register

लागुऔषध अफिमसहित दुई जना पक्राउ परेका छन्। अफिमसहित प्रहरीले मकवानपुरगढी–२ बस्ने ३२ वर्षीय अनिल लामा र बकैयाँ गाउँपालिका–६ बस्ने ३५ वर्षीय सुकलाल वाइबालाई पक्राउ गरेको हो। चेकजाँच गर्ने क्रममा रौतहट राजदेवी नगरपालिका–३ चण्डिया गाउँबाट बा ६० प–५३५ नम्बरको मोटरसाइकलमा सवार दुवै जनालाई अफिमसहित पक्राउ गरिएको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए। उनीहरूमध्ये वाइबाको साथबाट एक किलो लागुऔषध अफिम बरामद गरिएको चिमरियाले बताए। पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...