जनप्रिय माध्यामिक विद्यालयको बालबगैँचामा अनलाइन निबन्ध प्रशिक्षण सम्पन्न

Company Register

हेटौडा –  जनप्रिय नमूना माध्यमिक विद्यालय तथा प्राविधिक शिक्षालयको दिब्य सेवा वाल क्लबले आयोजना गरेको ‘निबन्ध प्रशिक्षण’ कार्यक्रममा कवि तथा साहित्यकार सुवास खनालले बिहीबार निबन्धबारे प्रशिक्षण गरेका छन् । ४० जना सहभागी रहेको उक्त कार्यक्रम भर्चुअल माध्यम जुमबाट सञ्चालन भएको थियो ।

Advertisement

कार्यक्रममा निबन्ध लेखनको प्रयोगात्मक पक्षबारे छलफल गरिएको थियो । कार्यक्रममा दिव्य सेवा बाल क्लबका संयोजक युक्तलाल विश्वकर्माले असार ७ गते सोमबार क्लबले निबन्ध प्रतियोगिता गर्न लागेकाले प्रशिक्षण कार्यक्रम गरिएको जानकारी गराउनु भयो । प्रशिक्षण कार्यक्रमले विद्यार्थीहरूलाई निबन्धलेखनमा अभिप्रेरित गरेको कार्यक्रममा बोल्दै जनप्रियका सूचना तथा सञ्चार विभाग प्रमुख सुनिल गौतमले बताउनु भयो । जनप्रियमा दिव्य सेवा बाल क्लबले सिर्जनात्मक गतिविधि सञ्चालन गरिरहेको र आगामी दिनमा थप नयाँ सिर्जनात्मक गतिविधि सञ्चालन गर्न तत्पर रहेको भनाइ अङ्ग्रेजी विभागका प्रमुख रविन श्रेष्ठले आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...