Comments Add Comment

कोपा अमेरिका : ब्राजिलको शानदार जित

कोपा अमेरिका फुटबलमा ब्राजिलले पेरुमाथि सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा ब्राजिलले पेरुमाथि ४–० को सानदार जित हात पारेको हो । शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलको जितका लागि एलेक्स सान्द्रो, नेयमार र एभर्टन रिवेइरो र रिचार्लीसनले गोल गरे । पहिलो हाफमा एक गोल गरेको ब्राजिलले दोस्रो हाफमा तीन गोल गरेको थियो ।

खेलको १२औं मिनेटमा सान्द्रोले गोल पहिलो गोल गरेका थिए भने २५औं मिनेटमा नेयमारले गोल गरे त्यस्तै ३९ , ६७ , र ८९ औं मिनेटमा ब्राजिलका खेलाडीले गोल गरेर ४–० गोल अन्तरले विजयी भएको हो । यो जितसँगै ब्राजिलले कोपा अमेरिका कपको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । समूह ‘बी’ शीर्षस्थानमा रहेको ब्राजिलको ६ अंक छ । दोस्रो स्थानमा रहेको कोलम्वियाको ४ अंक छ । १ अंक जोडेको भेनेजुएला तेस्रो स्थानमा रहँदा अंकविहीन इक्वेडर र पेरु चौथो र पाँचौ स्थानमा रहेको छ । अब ब्राजिलले तेस्रो खेलमा कोलम्वियासँग तथा पेरुले दोस्रो खेलमा कोलम्वियासँग नै खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर