मकवानपुरको मकवानपुरगढीमा कोरोनाविरुद्धको खोप बुधबारबाट लगाउन सुरु गरिएको छ । बुधबार पहिलो दिन मकवानपुरगढीमा ९४ जनाले खोप लगाएका छन् । वडा नंम्बर ५,६,७ र ८ मा बुधबार खोप लगाएको हो । खोप लाउने मध्ये ४४ जना महिला र ५० जना पुरुष रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले जानकारी दिए । स्वास्थ्य प्रमुख लामिछानेका अनुसार आज वडा नम्बर १,२,३ र ४ मा सो खोप लगाइने कार्यक्रम रहेको छ ।