Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

प्रधानमन्त्रीले फेरि शपथ लिनुपर्छः उपेन्द्र यादव

Company Register

जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ लिन आग्रह गरेका छन्। आइतबार समसायिक राजनीतिक घटनाक्रमबारे आफ्नो पार्टीको ध्यानाकर्षण भएको जनाउँदै यादवले फेरि शपथ लिएर संविधान, राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा राख्न सुझाव दिएका छन्। सोमबार प्रधानमन्त्री पदको शपथ लिन ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द छुटाए। राष्टपतिले दोहोर्याएर भन्न लगाए पनि उनले ‘त्यो पर्दैन’ भन्दै अघि बढेका थिए। त्यसप्रति आपत्ति जनाउँदै यादवले भनेका छन्,

Advertisement

‘राष्ट्रपतिद्वारा वाचन भएको सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछ भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी सत्यनिष्ठापूर्वक त्यो पर्दैन भनेर ग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गंभीर आ पुगेको हुँदा उक्त शपथग्रहण बदर गरी पुनः शपथग्रहण गर्न गराउन हाम्रो पार्टी माग गर्दछ।’ त्यस्तै यादवले राजदूत नियुक्ति गर्दा समावेशी समानुुपातिक नबनाएको प्रति पनि विरोध जनाएका छन्। संविधानले अनुसरण गरेको समावेशी समानुपातिक प्रणालीलाई सरकारले उल्लंघन गरेकाले त्यसलाई सच्याउन उनले माग गरेका छन्।

‘यस्ता राजनीतिक नियुक्तिहरूमा वर्तमान सरकारले मधेशी, आदिवासी जनजाति, महिला, दलित, थारु लगायतका समुदायहरूको संविधानको व्यवस्था विपरित न्यून प्रतिनिधित्व गराई उपेक्षा र विभेद गरेका छन्, यादवले अगाडि भनेका छन्, ‘अतः राज्यका सबै अंग, तह र निकायमा समानुपातिक समावेशी मान्यता तथा त्यस सम्बन्धी मापदण्डका आधारमा नियुक्ति गर्न हाम्रो पार्टी माग गर्दछ।’ त्यस्तै यादवले कोरोना महामारीबाट जनतालाई बचाउन ठोस कदम चाल्न भनेका छन्। कोभिङका विरामीहरुका लागि बेड, अक्सिजन, भेन्टिलेटर र औषधीको समेत अभावले जनता अकाल मृत्युवरण गरिरहेको अवस्थामा त्यसप्रति ध्यान दिन माग गरेका छन्।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...