Comments Add Comment

नेपालमा प्रयोगमा आएको पहिलो एटिएम

काठमाडौँ । पैसाको कारोबार गर्दा हामीमध्ये धेरैले प्रयोग गर्ने चीज हो, एटिएम । पछिल्लो समय सुविधा भन्दापनि आवश्यकता बनेको अटोमेटेड टेलर मेसिन अर्थात् एटिएमको निकै विकसित रुप नेपालमा भित्रीसकेको छ । तर नेपालमा प्रयोगमा आएको पहिलो एटिएम कस्तो थियो होला ? 

हिमालयन बैंकले सन् १९९४ मा नेपालमा पहिलो पटक एटिएम कार्डको प्रयोग भित्र्याएको थियो ।  तत्कालीन अवस्थामा हिमालयन बैंकको न्यूरोड शाखामा राखिएको यो मेशिन प्रयोग गर्नेहरुभन्दा हेर्ने बढी हुने गरेको जानकारहरु बताउँछन् । त्यो बेलाको मेशिन अहिलेकोभन्दा निकै भारी हुने गरेको थियो ।  एटिएमलाई अन्तर्राष्ट्रिय बैकिङ भाषामा प्लाष्टिक मनी भनिन्छ ।

भिडियो Source : Arthasarokar youtube channel

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर