Comments Add Comment

फेरि बढ्यो सुनको मूल्य, तोलाको एक लाख नाघ्यो

काठमाडौं – मंगलबार सुनको मूल्य अकाशिएको छ । आज छापावाल सुन प्रतितोला एक लाख चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला ९८ हजार सय सय रुपैयाँ थियो । मंगलबार दुई हजार दुई सय रुपैयाँले सुनको मूल्य बढेको हो । यस्तै, तेजाबी सुन ९९ हजार नौ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको पनि मूल्य बढेको छ । सोमबार १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँले बढेर तोलामा १३ सय ८० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर