Comments Add Comment

‘कबड्डी ३’को कमेडी युक्त ट्रेलर रिलिज (भिडियो)

असोज ३ गतेबाट प्रदर्शनमा आउन तयारीमा रहेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को ट्रेलर सार्वजनिक भएको छ । यस वर्षको बहुप्रतीक्षित फिल्ममध्येको यस चलचित्रको ट्रेलर पूर्ण रूपमा मनोरञ्जनात्मक र कमेडीले भरिएको छ । अर्ग्यानिक निर्देशकको रूपमा चिनिएका रामबाबु गुरुङ निर्देशित यस चलचित्रको ट्रेलरले दर्शकमा चलचित्रप्रति कौतूहल र उत्सुकता जगाउने खालको छ । चलचित्रले स्वजातिय विवाह र अन्तर्जातीय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथा बोकेको छ ।  ‘कबड्डी कबड्डी कबड्डी’ को कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । चलचित्रको केही समय अघि रिलिज भएको गीत ‘दुबो फुल्यो’ गीतले राम्रै चर्चा बटुलिरहेको छ । युट्युबमा ४० लाख बढी भ्यूअर्स बटुलिसकेको गीत सँगै ट्रेलरले दर्शकलाई हलसम्म तान्न केही हदसम्म सहयोग पुर्‍याउने देखिन्छ ।

बाँसुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउन्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रलाई  शैलेन्द्र डी । कार्कीले खिचेका हुन् । चलचित्रमा दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, पुष्कर गुरुङ, कमलमणि नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरूको अभिनय रहेको छ । मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार फिल्मका निर्माता हुन् । यति बेला चलचित्रको पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।  

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर