Comments Add Comment

मात्र प्रतिएमबी ३ पैसामा टेलिकमको डाटा

नेपाल टेलिकमले प्रतिएमबी ३ पैसा पर्ने गरी मोबाइल डाटा उपलब्ध गराएको छ। ठूला प्याकेजलाई एक महिनाअवधिसम्म चलाउँदा उक्त इन्टरनेटको मूल्य प्रतिएमबी ३ पैसा पर्ने टेलिकमले जनाएको छ।

प्रतिएमबी ३ पैसा पर्ने गरी डाटा लिनु परेमा २८ जीबीको डाटा लिनुपर्नेछ। यस प्याकेजमा जम्मा ८ सय ५० रुपैयाँले २८ दिनसम्म २८ जीबी डाटा चलाउन पाइने टेलिकमले जनाएको छ।

यो सेवा दैनिक १ जिबीका दरले २८ दिनसम्म प्रयोग गर्न सकिन्छ। यो प्याकेज प्रयोग गर्दा इन्टरनेटको मूल्य प्रतिएमबी करसहित जम्मा ३ पैसा मात्र पर्दछ।

त्यस्तै, कम्पनीले दैनिक रुपमा प्रयोग गर्न सकिने गरी ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजना सुविधा उपलब्ध गराएको हो।

कुनै अत्यावश्यक काम प¥यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुप¥यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ। यसका लागि कम्पनीले २४ घण्टा अर्थात् एकदिन प्रयोग गर्न सकिने गरी छुट योजना निरन्तर कार्यान्वयनमा छ।

यो सुविधा लिनका लागि ‘वानडिवाजी’ लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ। सुविधा लिइसकेपछि २४ घण्टासम्म प्रयोग गर्न सकिने गरी जम्मा १ जीबी डाटा चलाउन सकिने छ। यसका लागि जम्मा ४५ रुपैयाँ करसहित शुल्क लाग्दछ। यस छुट योजनामा प्रतिएमबी करसहित ४.५ पैसा लाग्दछ।

यसैगरी कम्पनीले सात दिनका लागि जम्मा २ सय ५० रुपैयाँमा ७ जिबी डाटा योजना पनि उपलब्ध गराईरहेको छ। यसमा ७ दिनसम्म प्रतिदिन १ जीबीका दरले डाटा प्रयोग गर्न सकिन्छ। यस प्याकेजमा प्रतिएमबी करसहित ३.५ पैसा मात्र लाग्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर