Comments Add Comment

सञ्चार मन्त्रीले संसदमा भने- भिडिओ कन्फेरेन्सबाट मन्त्रिपरिषद् बैठक बसेकै होइन

गत सोमबार नेपालको मन्त्रिपरिषद्को इतिहासमा नयाँ घट्ना भयो। सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले भिडिओमार्फत् नै मन्त्रिपरिषद् बैठक चलाए।

बैठक सकिएलगत्तै प्रधानमन्त्री ओलीले टेलिप्रिजेन्समार्फत् पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्न सकेको भन्दै ट्वीट गरेर धन्यवाद थिए।

सोही दिन मन्त्रिपरिषद् बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकमा  प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई मन्त्रालयगत रूपमा उठेका विषयमा आवश्यक निर्देशन दिएको जानकारी दिएका बताए।

‘केही मन्त्रीज्यूहरूले मन्त्रालयगत कुराहरू राख्नुभएकोमा प्रधानमन्त्रीज्यूले पनि आवश्यक निर्देशन दिनुभएको छ,’ बैठकपछि पत्रकारहरूसँग प्रवक्ता बाँस्कोटाले भनेका थिए।

उक्त बैठकबारे सत्तारूढ नेताहरूले नै आपत्ति जनाए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमै भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषद् बैठक बस्न नहुने भन्दै विरोध जनायो। 

संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै सरकारका प्रवक्ता मन्त्री गोकुल बाँस्कोटाले सोमबार मन्त्रिपरिषद् बैठक नबसेको बताएका छन्। 

मन्त्री बाँस्कोटाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीसँग भिडियो कन्फेरेन्समात्रै गरिएको तर क्याबिनेट बैठक नबसेको बताएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सार्वजनिक महत्वको विषयमा समय मागेर बोल्दै मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रिपरिषद्का सदस्यहरूसँग गरेको भिडिओ कन्फेरेन्समा ‘हाइ हेलो’ मात्रै गरिएको तर मन्त्रिपरिषद्को बैठकचाहिँ नबसेको जिकिर गरे।

उनले हुँदै नभएको विषयलाई अनावश्यक उचालेर मुलुकको सार्वभौम सत्तामाथि नै सरकारले गडबडी नै गरेको छ कि भन्ने रूपमा भ्रम फैलाउने काम भएको भन्दै असन्तुष्टि पोखे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर