हेटौंडा क्याम्पसका क्याम्पस प्रमुख डाक्टर देवचन्द्र मानन्धर बुधबार एक कार्यक्रमकाबिच नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रजातन्त्रवादी प्राध्यापक संघ हेटौंडा क्याम्पस इकाई समितिले आयोजना गरेको स्वागत तथा फागुपुर्णिमा विशेष शुभकामना आदान प्रदान कार्यक्रमको अवसर पारेर क्याम्पस प्रमुख मानन्धर नेपाली कांग्रेस प्रवेश गरेका हुन् । क्याम्पस प्रमुख डा। मानन्धरसँगै हेटौंडा क्याम्पसमा अध्यापनरत केदार लुइटेल, रचना बज्राचार्य, शोभा गुरुङ, ज्ञानेन्द्र शाही र गिता ओझा पनि नेपाली कांग्रेस प्रवेश गरेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बागमती प्रदेश संसदिय दलका नेता इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसको सदस्यता प्रदान गर्दै अविर र खाँदा लगाएर स्वागत गरे ।

कार्यक्रममा प्रमुख अतिथि बानियाँले डा। देवचन्द्र मानन्धर जस्तो शिक्षासेवीले नेपाली कांग्रेस रोज्नुले कांग्रेसको वास्तविकतालाई दर्शाउने बताए । उनले देशलाई निकास र विकास दिने कांग्रेसनै हो भन्ने कुरा डा। मान्धर जस्ता विद्वान नेपाली कांग्रेस प्रवेश गर्नुले पुष्टि गर्ने दावी गरे । यस्तै नेता बानियाँले मकवानपुरको शिक्षा क्षेत्रमा जसरी डा। मानन्धरको नेतृत्वमा हेटौंडा क्याम्पसले योगदान पु¥याएको छ, त्यो योगदानमा नेपाली कांग्रेसले पनि होस्टेमा हैसे गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा नेपाली कांग्रेसमा प्रवेश गरेका क्याम्पस प्रमुख डा। मानन्धरले नेपाली कांग्रेसको लोकतन्त्र र समाजवादले आफुलाई अकर्षित गरेको बताउँदै कांग्रेसनै देशको विगत बर्तमान र भविष्य भएको बताए । उनले देशमा देखिएका हरेक समस्याको निकास दिदै आएको कांग्रेसले मात्रै देशलाई सही दिशा दिनसक्ने भएकाले आफुले कांग्रेसको विचारलाई अबलम्बन गर्न चाहेको स्पष्ट पारे ।

प्रजातन्त्रवादी प्राध्यापक संघ हेटौंडा क्याम्पस इकाई समितिका सभापति रामबहादुर भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका पार्टीप्रवक्ता प्रदिप कोइराला, हेटौंडा नगरसभापति आनन्दराम पराजुली, प्रतिनिधि सभा क्षेत्र नम्बर दुईका क्षेत्रिय सभापति सभापति यतिराज सापकोटा, नेविसंघ मकवानपुरका जिल्ला अध्यक्ष राजु खतिवडा, नेपाल प्राध्यापक संघ मकवानपुरका अध्यक्ष राजबाबु पहाडी, लगाएतले मन्तव्य ब्यक्त गरेका थिए । यस्तै कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर एकका क्षेत्रिय सभापति दामोदर खनाल, नेविसंघ मकवानपुरका पूर्व अध्यक्ष भुपेन्द्र कोइराला, प्राध्यापक संघका पुर्वअध्यक्ष कृष्णप्रसाद दाहाल, वडा नम्बर १६ का वडा अध्यक्ष रामकृष्ण कोइराला, एकका वडा अध्यक्ष सविन न्यौपाने, ६ का वडा अध्यक्ष अर्जुन चौलागाई, मकवानपुर उधोग वाणिज्य संघका उपाध्यक्ष विष्णु खनाल लगाएतका नेता तथा कार्यकताहरुको उपस्थिति रहेको थियो ।