नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हेटौंडामा जारी बागमती प्रदेशको निर्वाचनमा मत गणना सकिएको छ । सभापतिमा ईन्द्रबहादुर बानियाँले सबैभन्दा बढी ९९२ मत ल्याएको छ । जगदिश्वर नरसिंह केसीले ८७२ मत ल्याएका छन् । र भीमसेनले १९७ मत ल्याएका छन् । सभापतिमा सबैभन्दा बढी मत ल्याउने बानियाँले ४८ प्रतिशत मत ल्याए पनि कांग्रेसको बिधानमा सभापतिमा खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान अनुसार सभापतिमा पुन मतदान हुने भएको छ । पुनः मतदान आज हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।