तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन तपाईंलाई शारीरिक तथा मानसिक सुख प्राप्त होला , तपाईंको काम गरिदिने बिस्वासिलो मान्छे पाइएला, मिष्टान्न भोजनको अवसर प्राप्त होला तथा आजको दिन रमाइलो भोजनमै बित्ला।

वृष (इ,उ, ए, ओ, वा, वि, वु, वे, वो)
राज्यपक्षको सहयोग प्राप्त होला, प्रेम बढ्ने दिन रहेको छ, कुनै उच्च पदमा भएका व्यक्तिहरुबाट उचित सहयोग तथा सर सल्लाह पाइएला मान तथा प्रतिष्ठामा वृद्धि होला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन अनेक प्रकारका लाभ प्राप्त होला , भाग्यमा वृद्धि हुने समय आएको छ,आर्थिक तथा सामाजिक पक्ष बलवान् होला, आज कुनै पनि स्थानबाट शुभ समाचार आउने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन तपाईंलाई श्वासप्रश्वासको समस्या आउनसक्छ, चिसोबाट जोगिनुहोला, पुलिस तथा सरकारी पक्षबाट दण्ड तथा जरिवाना हुनसक्छ। होशियार रहनुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन प्रेम बढ्ने दिन रहेकोे छ , परिवार तथा प्रेमिकासंग कुनै रमाइलो स्थानको यात्रा होला, तरपनी आजको दिन साझेदारी व्यवसाय गर्दा सावधानी अपनाउनुहोला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आजको दिन तपाईंलाई सानो भएपनी कुनै न कुनै चोटपटकको भय छ, यात्रा गर्दा सावधानी अपनाउनुहोला, सोचेको बिपरित काम बन्नाले मन खिन्न होला ।