काठमाडौँ – नेपालीे आकाशमा एक नयाँ टेलिभिजनको सुरुवात गरिएको छ । कान्तिपुर नेटवर्क अन्र्तगत ‘कान्तिपुर सिनेप्लेक्स’को आज शुभारम्भ गरिएको हो । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आज यो टीभीको शुभारम्भ गरेका हुन् । उनले भने–‘नेपाली चलचित्र क्षेत्रका लागि हामी नयाँ ढंगले काम गर्ने सोच बनाइरहेका थियौं । यसपटक लकडाउनमा कान्तिपुर सिनेप्लेक्सको जन्म भएको हो ।’

काठमाण्डौको याक एन्ड यती होटलमा आयोजना गरिएको कार्यक्रममा नेपाली चलचित्रका कलाकार, निर्देशक, निर्माता, प्राविधिक तथा पत्रकारहरुको उपस्थितीमा टेलिभिजनको शुभारम्भ गरियो ।