Comments Add Comment

निर्माण अगावै ‘प्रेमगीत ३’ को विदेश राइट्स बिक्री

नेपालमा चलचित्र प्रदर्शनमा ल्याएर लगानी सुरक्षित गर्छु अनि नाफा कमाउँछु भनेर सोच्नु पछिल्लो समय कल्पना मात्र हुने जस्तै भइरहेको छ । किनकि यो वर्ष जेठ यता कुनै पनि चलचित्रले राम्रो व्यापार गर्न सकेका छैनन् ।

आस गरिएका चलचित्रले पनि दर्शकलाई हलसम्म तान्न नसक्दा नेपाली चलचित्र क्षेत्रमा मन्दी नै लागेको छ । प्रतिष्ठित ब्यानर र नाम चलेका कलाकार अभिनीत चलचित्रले डिजिटल र ओभरसिज राइट्सबाट भए पनि लगानी केही हदसम्म सुरक्षित गर्न थालेका छन् । आगामी चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेम गीत ३’ ले  महँगो मूल्यमा ओभरसिज राइट्स विक्री गरेको छ । शुक्रवार निर्माता सन्तोष सेनको जन्मदिनमा दाताज इभेन्ट्सले फिल्मको विदेश राइट्स ९५ लाखमा खरिद गरेको छ ।

प्रदीप खड्काको प्रमुख भूमिका रहेको चलचित्र निर्माण कम्पनी आसुसेन फिल्मस्का कार्यकारी प्रमुख सन्तोष सेनसँग लिखित सम्झौता गर्दै दाताजी इभेन्ट्सका प्रमुख दाताराम घिमिरेले फिल्मको ओभरसिज राइट्स खरिद गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर