चितवन, भदौं ९– चितवन जिल्ला अदालतले धरौटीमा रिहा भएका रवि लामिछाने, युवराज कँडेल र शुद्ध तारेखमा रिहा भएकी अस्मिता कार्कीलाई पहिलो पटक साक्षी तारेखका लागि असोज ५ गते बोलाएको छ । आज चितवन जिल्ला अदालतले धरौटीमा रिहा गरेपछि साक्षी तारेखका लागि मिति तय गरेको हो ।

रवि ५ लाख, युवराज ३ लाख र अस्मितालाई जिल्ला न्यायधिश हेमन्त रावलले शुद्ध तारेखमा रिहा गर्न आदेश दिएका थिए ।