Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

यस्ता छन् धनियाँका फाइदाहरु

Company Register

यदि तपाईको नाकबाट रगत बग्ने समस्या छ भने धनियाँको रस नाकमा राख्नुहोस् तपाईलाई चाँडै आराम मिल्छ ।

Advertisement

– जीराको धूलो, धनियाँ गेडाको धूलो र काल्चि मिस्री बराबर मिसाएर १्१ चम्चा बिहान्बेलुका पानीसँग खानाले अमलपित्त समन हुन्छ ।

– धनियाँ र सुप बराबर कुटेर मिश्री मिसाएर १र१ चम्चा बिहानरबेलुका खाने गरेमा गर्मिले पेट पोल्ने रोग एक हप्तामा नै निको हुन्छ ।

– सुप र गेडा धनियाँ बराबर मात्रामा कुटेर चूर्ण बनाउनुहोस् र आवश्यक मिश्री हाल्नुहोस् र खानापछि एकरएक चम्चा चूर्ण पानीसंग सेवन गर्नुहोस् ।

– आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।

– पेटमा रहेका कीटाणुलाई पनि हरियो धनियाले मार्ने गर्छ । धनियाँ खाँदा शरीरमा सञ्चय भएका अक्सिडेन्टलगायत विकार शरीर बाहिर निस्किन्छ । धनियाले रगतलाई शुद्धीकरण गर्छ ।

– यदि तपाई रुघाखोकीबाट ग्रसित हुनुहुन्छ भने धनियाँको रसमा मिश्री, बेसार र चूर्ण मिसाएर पिउनुहोस् । धनियाँको दाना चबाउँदा पनि चिसो लागेको र रुघाखोकीका लागि राम्रो हुन्छ । चियामा धनियाँको प्रयोग स्वास्थका लागि निकै फाइदाजनक मानिन्छ ।

– यदि तपाईको पेटमा जुका, चुर्ना जस्ता केही संक्रमण छन् भने सख्खरमा धनियाँको पाउडर मिसाएर सेवन गर्नुहोस् निजात पाउनुहुनेछ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...