Menu

कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ए खुवाइदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ र ३ कार्तिकमा देशभरका बालबालिका लाई भिटामिन ए र जुकाको औषधि खुवाउने निर्णय गरेको छ ।

आर्थिक वर्ष ०७६ र ७७ अन्तर्गतका पहिलो चरण ७सय ५३ वटै स्थानीय तहका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक देखि पाँचवर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।

यो अवधीमा शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन कार्यक्रम लागु भएका जिल्लामा पाँच वर्ष मुनिका बालबालिकाहरुको एमआइसियू टेपबाट पोषणस्थिति लेखाजोखा र ६ देखि २२ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषण तत्व बालभिटा वितरण गर्न कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad