काठमाण्डौ – सुमधुर स्वरका धनी प्रविन वेडवालले आज नयाँ गीत सार्वजनिक गरेका छन् । अमृता नेपालको शब्दमा हरी लम्सालले संगित भरेको ‘मलाई सम्झिनु’ बोलको गीत माया प्रेममा आधारित छ ।

चर्चित अभिनेत्री सुरक्षा पन्त र मोडल विनोद अधिकारीले अभिनय गरेको गीतको म्युजिक भिडियो बिमल ढकालले खिचेका हुन् । म्यूजिक भिडियोको निर्देशन सुरेश दर्पण पोखरेलले गरेका हुन् ।

नेपाल आइडलको तेस्रो सिजनमा दोस्रो स्थान हासिल गर्न सफल गायक बेडवाल आधुनिक र गजल गीतका लागि चर्चित बनिसकेका छन् । उनले आफ्नो नयाँ गीत हेरर प्रतिक्रिया दिन दर्शक श्रोताहरुसँग आग्रह गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू