2025-11-07 3:13 am

हलमा फिल्म सुरु हुनु अघि राष्ट्रिय गान बजाउनु पर्ने

राष्ट्रिय गान सबै नेपालीको सान र इज्जत हो । हरेक औपचारिक कार्यक्रमहरूमा यो बजाइन्छ र हरेकले सम्मानमा उठेर साथ दिने गर्छौँ । चलचित्रका औपचारिक कार्यक्रमहरूमा त पहिल्यै देखी राष्ट्रिय गान बजाउने परम्परा रहेको छ । तर अब हरेक फिल्म हलले चलचित्र सुरु गर्नुअघि अनिवार्य रुपम राष्ट्रिय गान बजाउनुपर्ने भएको छ । संविधान दिवस अर्थात् असोज ३ गतेबाट यो नियम लागु गर्ने गरी संविधान दिवस मनाउनका लागि मूल समारोह समिति गठन गर्न बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्ताव बमोजिम यो निर्णय गरिएको हो । राष्ट्रिय गानको सम्मानमा सबै दर्शक अनिवार्य उभिनुपर्ने छ ।

About the Author

Ad
Ad