Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कस्तो रहला आजको मौसम ?

Company Register

काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदुर-पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको र तराई भू-भागहरु हुसु्/कुहिरो लागेको को छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ ।

Advertisement

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।
दिउँसो :  सुदुर-पश्चिम, कर्णाली, र गण्डकी  प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १, र  बागमती   प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक /दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

राती : सुदुर-पश्चिम, कर्णाली, र गण्डकी  प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १, र  बागमती   प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक /दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

महाशाखाले देशको उच्च हिमाली भु–भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केहि स्थानहरुमा बिहानीपख हुस्सु्/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेको छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...