यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

जाडोमा मेथीको साग खानुका फाइदाहरु यस्ता छन्


बजारमा सिजन अनुसारको सागसब्जीहरु निस्कन थाल्छन् । मौसम अनुसार हरेक फलफुल र सागसब्जीको आफ्नो आफ्नो महत्व हुने गर्दछ । मेथीको साग जाडो महिनाको लागी निकै लाभदायक हुन्छ ।

Advertisement
मेथीको सागले पुर्याउने फाइदाहरु यस्ता छन् :
१) पाचन पक्रियालाई मद्धत : मानिसहरुलाई जाडो महिनामा चिसोको कारण पाचन पक्रियामा समस्या आउने गर्छ । ग्यास्ट्रिक र कब्जियतको समस्याले बडी सताउने गर्छ । मेथीको साग खानाले पाचन प्रक्रियामा मद्धत पुग्छ र यसले खाना पचाउन मद्धत गर्छ । कब्जियतको समस्यालाई आराम दिन यस्ले ठुलो मद्धत गर्छ ।
२) जोर्नीको समस्यालाई फाइदा : मेथीको साग खानाले जाडो महिनामा चिसोको कारणले जोर्नी दुख्ने समस्या निको हुने गर्छ । मेथीको बिउ वा पात दुबैले जोर्नी दुखाइ कम गर्न मद्धत गर्छ ।
३) कपाललाई फाइदा : मेथीको पात हाम्रो कपालको लागी निकै उपयोगी छ । यसको पात पिसेर कापालमा लगाउनाले कापाल बाक्लो र कालो भएर आउने गर्छ । यसले कपाल झर्ने समस्या पनि निको पार्न मद्धत गर्छ ।
४) रुघाबाट बचाउँछ : यदी रुघा लागेर हैरान हुनुहुन्छ भने मेथी र तेल तताएर शरीरमा दल्ने गर्नुहोस । यसले गर्दा शरीरमा चिसो लाग्दैन र रुघा निको हुने गर्दछ । यसले शरीर न्यानो पार्ने काम गर्छ ।
५) मधुमेहलाई फाइदा : मधुमेह रोगीको लागी मेथीको साग निकै लाभदायक छ । हरेक दिन मेथीको साग खानाले शरीरमा चिनीको मात्रा नियन्त्रण हुन्छ । यसले मधुमेह निको पार्न मद्धत गर्छ ।
६) अनुहारको सुन्दरता बढ़ाउँछ : अनुहारको सुन्दरता बढाउनमा पनि मेथी कम्ति प्रभावकारी हुँदैन । यसलाई पिसेर अनुहारमा लगाउँदा त्वचामा चमकका साथै असिलोपन आउँछ । यसका अलावा रुखो त्वचा हुनेहरुका लागि यो अत्यन्त लाभप्रद हुन्छ ।
७) रक्तचापको समयालाई फाइदा : मेथीको हरियो पत्ताको तरकारीमा प्याज हालेर खाँदा तपाईंले रक्तचापको समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ । न्यून रक्तचाप हुनेहरुका लागि पनि मेथीको मसलावाला सागले फाइदा पुर्याउँछ । खासगरी अदुवा र गरम मसला यसमा लाभकारी हुन्छन् ।
८) मुटुलाई फाइदा : मेथीको साग नित्य सेवन गर्दा मुटुसम्वन्धी रोगलाई नजिक आउन दिँदैन । यसले हृदयघातको सम्भावनालाई निमिट्यान्न बनाउँछ र तपाईं आफ्नो मुटुलाई पूर्णरुपमा स्वस्थ राख्न सक्नुहुन्छ ।