यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

यस्ता छन् चना खानुको फाइदा


चना हामि प्राय दाल बनाएर खाने गर्छौं । यसलाई तरकारीहरुमा पनि मिसेर प्रयोग गर्न सकिन्छ । चना स्वास्थ्यको हिसाबले निकै फाइदाजनक छ । यसमा प्रोटिनको मात्रा धेरै हुन्छ । हरेक बिहान भिजाएको चना खाँदा तौल बधाउन चाहनेहरुलाई निकै सहायता पुग्छ ।

Advertisement
चनाले पुर्याउने अन्य फाइदाहरु यस्ता छन् :
१. चानामा प्रशस्त मात्रामा पोषक तत्व पाइनुका साथै यसमा भरपुर मात्रामा आइरन, सोडियम तथा सेलेनियम पाउन सकिन्छ ।
२. चानालाई तरकारीको रुपमा पनि उपयोगमा ल्याउन सकिन्छ । अंकुरित चनामा भिटामिन बी कम्लेक्स हुन्छ जसबाट शरीरलाई उर्जा प्राप्त हुन्छ ।
३. चनामा प्रशस्त मात्रामा प्रोटिन पाइने हुनाले यसको नियमित सेवनले शररिमा शक्ति प्रदान गर्छ ।
४. चनाको नियमित सेवन गर्नाले शरीरमा पाचन शक्तिलाई क्रियाशील बनाउन मद्दत गर्छ ।
५. चनामा भरपुर मात्रामा आइरन हुन्छ जसको सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा बढउनमा मद्दत गर्छ र शरीरलाई स्वस्थ र फूर्तिलो बनाउन मद्दत गर्छ । एजेन्सी