
जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको आरोपमा एक जोडीलाई सप्तरी प्रहरीले बिहीबार पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कञ्चनरुपले सप्तरीको कञ्चनरुप नगरपालिका–६ का ३५ वर्षीय मो। इब्राहिम मियाँ र ३२ वर्षीया हसिना खातुनलाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जेठी श्रीमती सैरुन खातुनको उजुरीमा बहुविवाह गरी कञ्चनरुपस्थित घरमा बसेका इब्राहिम र उनकी कान्छी श्रीमती हसिनालाई पक्राउ गरिएको जानकारी दिए।
कान्छी श्रीमती हसिना सुनसरीको भोक्राहा गाउँपालिका–३ का मन्सी मिंयाकी छोरी हुन् ।भोक्राहामा नै विवाह गरी मङ्सिर १३ गते मात्र घर आएका आरोपित पतिले कान्छी श्रीमती भन्दै घर भित्र्याएको पीडितले बताए। पीडित सप्तरीको खडक नगरपालिका–१० फुलबडियास्थित माईत विस्थापित हुन्। उनको १२ वर्षीय छोरा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




