Comments Add Comment

मौसममा अझै केही दिन बदलीसँगै वर्षाको सम्भावना सतर्क रहन आग्रह

काठमाडौं – मुलुकको विभिन्न स्थानमा आज हुरीबतास र चट्याङसहित वर्षा हुने भएको छ । जल तथा मौसम विभागले मंगलबार देशभर बादल लाग्ने र केही स्थानमा मेघगर्जन र चट्याङसिहित वर्षा हुने जनाएको छ ।

विभागद्वारा मंगलबार प्रकाशित बुलेटिनमा मुलुकको केही ठाउँमा हुरी बताससहित असिना समेत पर्ने सम्भावना रहेको उल्लेख छ । मुलुकको केही स्थानमा आज रातिसम्म नै बादल रहने विभागको पूर्वानुमान छ । विभागका अनुसार केही ठाउँमा राति पनि चट्याङसहित वर्षा हुने र हावाहुरीसहित असिना पर्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर