
पाँचथर । कुम्मायक गाउँपालिकामा एक व्यक्तिले ससुरालीमै श्रीमती र सासुमाथि खुकुरी प्रहार गरेका छन् । दमक नगरपालिका वडा नम्बर २ का जीवन दर्नालले श्रीमती सीता र सासु भिमकलालाई खुकुरी हानेका हुन् ।
माइतीमा बस्दै आएकी श्रीमती घर जान नमानेपछि जीवनले श्रीमती र सासुमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट श्रीमती र सासु दुबै जना घाइते भएका छन् । दुबै जनाको जिल्ला अस्पतालमा पाँचथरमा उपचार हुन नसकेपछि झापा पठाइएको छ ।
घाइते मध्ये सीताको अवस्था गम्भीर छ । जीवन भने घटना लगत्तै फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर janatasamachar.com बाट साभार गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




