यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

भिसा अवधि सकिएका श्रमिकहरुले डिसेम्बर अन्त्यसम्म यूएई छाडे जरिवाना नलाग्ने


कोरोना महामारी कारण भिसा अवधि सकिएर अवैधानिक रुपमा संयुक्त अरब इमिरेट्स ९यूएई०मा विदेशी श्रमिकहरुले डिसेम्बर अन्त्य मुलुक छाडे कुनै पनि जरिवाना नलाग्ने भएको छ । मार्च १ भन्दा अघि भिसा समाप्त भएपछि युएईमा गैरकानूनी रूपमा बसोबास गरिरहेका श्रमिकहरुले यस वर्षको अन्त्यसम्म विना जरिवाना देश छोड्नुपर्ने त्यहाँको पहिचान र नागरिकता सम्बन्धी संघीय प्राधिकरणले जनाएको छ ।

Advertisement
यसअघि यूएई सरकारले मार्च १ भन्दा अघि भिसाको म्याद सकिएको विदेशी नागरिकलाई ९आज० अर्थात् १७, नोभेम्वरसम्म आममाफीको समय तोकेको थियो । तर अहिले यो अवधि बढाएर डिसेम्बर अन्त्यसम्म पुर्याएको हो । ओभर स्टेको जरिबाना तथा अन्य कागजातहरु ‘वर्क परमिट’ र ‘इमिरेटस आइडी’ मा लाग्ने फाइन लगायतकाले डिसेम्बर अन्तिम भित्रमा मुलुक छोडेमा उनीहरूलाई सबै जरिवानाबाट छुट दिइने पहिचान र नागरिकता ९आईसीए० को संघीय प्राधिकरणका विदेश मामिला तथा बन्दरगाहका महानिर्देशक मेजर जनरल सईद रकन अल रशीदीले बताए । यता,एनआरएनए, एनसीसी यूएईका उपाध्यक्ष पासाङ शेर्पाले पनि यूएई सरकारलाई धन्यवाद दिदै मार्च १ भन्दा पहिले भिसा सकिएर अवैधानिक बनेका सबैका लागि यूएई सरकारले १७, नोवेम्बर सम्म तोकेको आम माफी ३१ डिसेम्बरसम्म बढाएको बताए । उनले यो थपिएको समयको सदुपयोग गर्न यूएईमा अवैधानिक रुपमा रहेका सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरेका छन् ।