यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

पछिल्लो २४ घण्टामा ५०२ जना संक्रमित, २८७८ जना डिस्चार्ज

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, सोही समयावधिमा २८ सय ७८ जना संक्रमित कोरोनामुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार हाल सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ छ। त्यस्तै, पछिल्लो २४ घण्टामा थप १७ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १२ सय ४७ पुगेको छ।

Advertisement
पछिल्लो २४ घण्टामा ३ हजार ११२ पिसिआर परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ।