सरकारले आज पनि सार्वजनिक विदा दिएको छ । नेवार समुदायका केही समूहले आज पनि भाइटीका लगाउँने भएकोले मंगलबार पनि सार्वजनिक विदा दिएको हो । धेरैजसोले मंसिर १ गते नै भाइटीका लगाएका छन् । भाइटीकालाई लक्षित गरी रानीपोखरीको बीच भागमा अवस्थित बालगोपालेश्वर मन्दिर मंगलबार पनि बिहान ५ बजेदेखि नै खुल्ला गरिएको छ । दिदीबहिनी नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा पूजा गरी टीका लगाउने चलन छ ।