काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २,७३६ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । मंगलबार मन्त्रालयको नियमित अपडेटका अनुसार पछिल्लो २४ घण्टामा २,७३६ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिइएको छ।  

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या एक लाख ९९ हजार ७ सय ६० पुगेको छ । पछिल्लो २४ घण्टामा ८५३ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या १,६०,५७७ पुगेको छ ।  

यसैबीच पछिल्लो २४ घण्टामा २२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १,१४८ पुगेको छ ।