
काठमाडौं – नेहा खड्का र निशान भट्टराईको स्वरमा सजिएको लोक आधुनिक गीत “सुकुटे बिच” सार्वजनिक भएको छ ।
नेहा खड्काको शब्द तथा संगीत रहेको यस गीतकाे म्युजिक एरेन्ज र मिक्सिङर मास्टरिङ राजु कार्कीले गर्नुभएको हो भने सागर खड्काको निर्माणमा बनेको भिडियोको निर्देशन सन्तोष राजबाहकको रहेको छ ।
भिडियोमा केकी अधिकारी र सुधिर श्रेष्ठको अभिनय रहेको छ । सिन्धुपाल्चोकको पर्यटकिय क्षेत्र सुकेट बिचमा छाँयाकन रहेको भिडियोको छायाँकन ज्ञानेन्द्र शर्मा हुमागाँई, सम्पादन डिनसन शाह, ड्रेस सुनिता चौलागाई, श्रृगार सब्बु तामाङ, निर्माण नियन्त्रण नविन चौधरी र लाईट लक्ष्मण गौतम एण्ड टिमको रहेको छ ।
भिडियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




