Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

गोपालको निर्देशनमा ‘सुनन’ सार्वजनिक ( भिडियो )

Company Register

काठमाडौं – तिहारको कोशेली स्वरूप गायक  सुशील श्रेष्ठ ‘जुजु’ले  नयाँ म्युजिक भिडियो  ‘सुनन’ सार्वजनिक गरेका छन्। 
रोमाण्टिक भर्सनको  यस गीतमा स्वर सुशील श्रेष्ठ ‘जुजु’ को रहेको छ भने शब्द स्वयम् गायक सुशील श्रेष्ठ ‘जुजु’ र स्वर्गीय आशिष तामाङको रहेको छ।  यस गीतलाई स्वर्गीय आशिष तामाङले नै संगीतवद्द गरेका हुन्।  

Advertisement

नगरकोट वरपर छायांकन गरिएको म्युजिक भिडियोमा  नायक आकाश श्रेष्ठ र उषा उप्रेतीको प्रेम र रोमान्स देख्न सकिन्छ।   भिडियोमा प्रकाश जिसीको समेत  अभिनय देख्न सकिन्छ। भिडियोमा सुदिप बरालको कन्सेप्ट र छायांकन रहेको छ।  टेकेन्द्र शाहले भिडियोलाई सम्पादन गरेका हुन्।  काजी बहादुर श्रेष्ठ उत्पादक  रहेको भिडियोलाई आचार्य गोपालको निर्देशनमा तयार पारिएको हो। गायक श्रेष्ठको अफिसिएल युट्युव च्यानल ‘ जुजु क्रियशन’  मार्फत भिडियो सार्वजनिक गरिएको हो।

कोरना कहरबीच निकै मिहिनेत साथ निर्माण गरिएको  यस गीतको म्युजिक भिडियोलाई हेरेर साथ , सपोर्ट र माया गरिदिन निर्माण टिमले सम्पूर्ण संगीत प्रेमीहरुलाई आग्रह गरेका छन्।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...