Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कविता – “किसान”

Company Register

“किसान”

Advertisement

साझ र बिहान
एक नै बनाइ,गर्दैछ मेहनत
सोच्दैन केही
चिन्ता केही छैन,आफ्नै ज्यान हुदात!

मिर्मिरे हुँदै
पुग्दछ आफ्नो,श्रमको स्थल
नुहेका बाली
देख्दछ जब,खुशिको त्यो पल!

थामेका हुन्छन
मिलेर सबै,हातमा यी हात
हर्षका आँसु
बहेका देख्छु,भित्रिदा अन्नपात!

आशाको दिप
बालेर हिड्छ,उकाली ओराली
कहिले पुग्छ
भन्ज्याङ्ग तल,कहिले देउराली!

थकाइ लागे
सुस्ताउने ठाउँ,त्यै पर चौतारी
बासैमा बस्ने
झुपडी सानो, सगरझै दौंतरी!

धनको भोको
दयाका खानी,त्यै मोरो किसान
दुखैमा पर्दा
मुस्काउने कोहि,छ त्यस्तो इन्सान!

आइदेउ कोहि
बुझिदेउ पिर,भयो केही नभन
देखेर आँखा
रसाउछन तिम्रो,किसानको जीवन!

बन्द ती आँखा
उघारी हेर,किसान रुदैछ
श्रमको उचित
नमिल्दा फल,बिचल्ली हुदैछ!

लेखक : सन्दिप दवाडी

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...