कविता – कोरोना द टनिङ पोइन्ट

बिनाशको श्रीपेच लगायर
निस्कियको तिम्रो यात्रा
कठोरताको हद भित्रबाट निचोरेर निकालेको मृत्यु
ओइलाउदै सक्किरहेको जीवन
यो तिमिले बोकेर हिडेको
यमराजको मुख्य अभिनय थियो
र तिमिले आफ्नो भुमिका बेजोड निभायो
र निभाउदैछौ
तर शिथिल हुदैछ तिम्रो जीवन यात्रा
तिमिलाई जे भनियो त्यही गर्यो
सुगा स्टाइलमा
तर तिमिले नसोचेका कैयन
अभिनय समाज आफैले क्वारेन्टाइन भित्रैबाट
जिवन्त उतार्यो
तिम्रा साइड इफेक्टले झन लम्बियो
तिमिले धारेहात लगाउनेहरुको जीवन
बन्द भयो देश…1/2 दिनको गुप्तबास पछि
बिस्तारै मान्छे माटो कोतर्न निस्कियो
प्रकृति छुन निस्कियो मान्छे
सफा हावा खान निस्कियो मान्छे
आफ्नै करेसाको अर्गानिक सत्यता खोज्न निस्कियो
किशान जीवन हो बुझ्यो
प्रदुषणले बिस्वब्यापी हडताल गर्यो
बबन्डर कालो मुस्लो खोक्न छोड्यो आधुनिकिकरणले
दुर्गन्धित हावाले कावा खेल्ने कौसीमा
बिस्तारै मधुर सुगन्धको प्याराग्लाइडिङ देखिन थाल्यो
पैसा मात्रै ब्रमाण्ड देख्नेले बिस्तारै
प्रकृति आफन्त छरछिमेक आफ्नै देख्न थाल्यो
अझ गहिरो कुरा मान्छेले मृत्यु नजिक देख्यो
धेरैले समस्या देखे त्यो भन्दा धेरैले अवसर देखे
पैसाको क्रय बिक्रय मात्रै पनि अवसर हैन रहेछ
मान्छेले फर्सिको मुन्टा टिप्न सिके
मान्छेले माहुरिको घारबाट मह झिक्न सिके
आपको बोट चढन सिके
मकै बेडाउन,गोबर फाल्न सिके
एक्लै टोलायर कुलोमा माछा मार्न सिके
चरा,झार, फुल,भ्यागुता, बकुल्ला, जुरेलिका तस्बिर खिच्न सिके
मान्छेले भान्साको तनाब सिके
मान्छेले थुनियर घर बस्दाको सकस सिके
त्यो भन्दा ठुलो घरबुडी आमोइको साहस सिके
अझ सगोलको कुरो
पैसा र जीवन अलि कोल्टे पर्दो रहेछ सिके
सडकले दिनकै प्वाल नपर्दा पनि जीवन चल्दोरहेछ सिक्यो
गाडिहरुले मरिहत्ते गरेर नदौडियपनी जीवन चल्दो रहेछ सिके
समाजले दुई छाक खानैको लागि यो भागादौडको बिजय जरुरी रहेनछ सिक्यो
सबै लकडाउनले घरमै बसिरहेको बेला
अटेर गर्यो मानबियता सडकमा निस्कियो
कतै कतै पैसा आफैलाई तौलिन सडकमै लम्पसार निस्कियो
समाज आफैले एक्सन कट गर्यो
कसैले निन्द्रामाथिको अत्याचार सिके
धेरैले मान्छेको टाउको मात्रै परिवार रहेनछ सिके
धेरैले इन्टरनेटको सोझोपनाको फाइदा उठाउन सिके
धेरैले रक्सी र मासुले जिब्रोमा बारम्बार काउकुति
लगाउने कठोर सत्य सिके
कसैले चियाले जिब्रै डामेन भनेर सोचेरै दिन कटाय
यी याबत सत्यताहरु सायद लेखियको थियन होला
कोरोना..द टनिङ पोइन्टको स्कृप्ट भित्र
अब कसरी पूरा विश्व समाजले यो छाटकाट गरेर मिलाउछ होला आफ्नो आयतन भित्र
र देखाउछ होला
एक युगपछी आफ्नाहरुलाइ .

– बैकुण्ठ लामिछाने

भिडियो हेर्नुहोस्

यो भिडियो Ns Television यूट्युब Channel बाट साभार गरिएको हो

Image may contain: text that says 'VIGYA COMPUTER SUPPLIERS Baikuntha Lamichhane Managing Director Hetauda-4, Main Road 057-524791 9855069850, 9807236949 vigyainternational@gmail.com CCTV, Laptop, Computer, Printer, Attendance Machine, Fire Extinguisher, Note Counting Machine and Security Products Sales & Supports'
Image may contain: text