म खाली पाना शब्द,चित्रमा नभरियको !
चरित्रले पुर्ण भरियको मलाई फरक पर्दैन !
तिमीलाई हेर्दा शब्द,चित्रमा भरिएकी पाना !
चरित्रले पुर्ण नभरिएकी तिमिलाई फरक पर्दैन !

मलाई हेर्नी जो कोहिको नजर पुग्दैन !
तिमिलाई गन्धले नै पछ्याउँछन् फरक पर्दैन !
मलाई कालकुठ विष भनेनी केही हुदैन !
तिमिलाई सोमरस जस्तै पिउछन फरक पर्दैन !

जिन्दगीमा आऊने जानेहरूको पत्तो हुँदैन !
बेर्थै झुटा कसम खानेहरूको पत्तो हुँदैन !
सम्हालेर राख्नुहोस् त्यो कोमल मुटु लाई ,
सुटुक्क आई चुँडेर लानेहरूको पत्तो हुँदैन !

घोडा चड्ने लड्छन फरक पर्दैन !
तिमी कदापि घोडी नबन्नु फरक पर्दैन !
आफ्नाको खुशीमा बेचिय म पटक पटक !
तिमी आफ्नो सम्मान नबेच्नु फरक पर्दैन !