भरी भरी
चाहे त्यो विहानीको मिर्मिरे होस्
या साँझको एकान्त
तिम्रो याद मन भरी भरी छ
चाहे त्यो शिशिरको जाडो होस्
या ढकमक्क बसन्त
तिम्रो याद मन भरी भरी छ

चाहे त्यो म टोलाउने पहाड होस्
या भिडै भिडको बजार
तिम्रो तस्विर आँखा भरी भरी छ
चाहे त्यो फुर्सदका क्षण होस्
या समयको हतार
तिम्रो माया परेली भरी भरी छ

चाहे त्यो सपनी सजाउने सिरानी होस्
या बिउझाउने तारा
तिम्रो धुन धड्कन भरी भरी छ
चाहे त्यो प्रेमको मिठो गीत होस्
या जुलुसको नारा
तिम्रो शब्द ओठ भरी भरी छ ।