यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।


गोपाल आचार्यको शब्द रचना तथा गायक एवं संगीतकार आशुसेन लामाको स्वर र संगीतमा नयाँ सांगीतिक कोशेली फेसबुकमा कुरा हुने सार्वजनिक भएको छ।

Advertisement
गीतकार आचार्य सामाजिक कार्यमा पनि सक्रिय रहनुका साथै मानसिक स्वास्थ्य थेरापी सम्बन्धि पोख्त छन्। मानसिक स्वास्थ्य विषयमा स्नातकोत्तर गरेका गीतकार अमेरिका रहेर पनि नेपाली गीतसंगीत प्रतिको झुकाव निकै नै रहेको छ।
‘फेसबुकमा कुरा’ बोलको गीतको बोलको म्युजिक भिडियोमा ‘टिम कार्टुन क्रु’ को अभिनय रहेको छ। टिम कार्टुनलाई बुगी वुगी च्यामपियन कबिता नेपालीले साथ दिएकि छिन्। गीतको भिडियोमा गायक तथा संगितकार अशुसेन लामाको पनि अभिनय रहेको छ।
गीतको भिडियो बाट आएको सम्पुर्ण आम्दानी संगित क्षेत्रको च्यारिटिमा खर्च गरिने गतिकार आचार्यले जानकारी दिएका छन्। गीतकार आचार्य भन्छन्, गित संगितविना म अधुरो छु त्यसैले आफ्नो लेखनकार्य अझै अगाडि बढाउदै लैजाने सोचमा छु। उनले आउँदा दिनहरुमा अझै उत्कृष्ट सिर्जनाहरु लिएर आउने प्रतिबद्धता जाहेर गर्दै यस गीतलाई मन पराईदिनेमा विश्वास व्यक्त गरेका छन्।
गीतको भिडियोलाई लाक्पा डि लामा र सुविन चौहानले निर्देशन गरेका हुन् भने सम्पादन पनि लाक्पा डि लामाले नै गरेका हुन्।