मकवानपुर- मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाको सरिखेत २ , थुम्की अवस्थित नेपाल टेलिकमको टावरमा मर्मत कार्य गरिएको छ। स्थानीय बाट नेटवर्क अवरुद्ध बारे गुनासो आएपछि हेटौडा अवस्थित नेपाल टेलिकम को प्राविधिक टोली मर्मतको लागि पुगेको थियो ।

चाड पर्वको समयमा सूचना आदान प्रदानको समस्या नहोस् भनेर दशैँको बिदा भएतापनि नेपाल टेलिकम हेटौँडाको प्राविधिक टोली टावर मर्मत कार्यका लागि सो स्थान पुगी मर्मत गरेको छ। 4G जडान का लागि आवश्यक पूर्वाधार पनि सो टावरमा तयार गरिएको र दशैँको पुर्णिमाअघि नै सो दुर्गम भेग का नागरिकहरूले 4G चलाउन पाउने उक्त टोलीका इञ्जिनियर ऋत्विक तिवारीले बताएका छन्।