यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

शनिबार थप २२२५ जनामा कोरोना संक्रमण पुष्टि,२८४६ जना डिस्चार्ज

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको जानकारी दिए ।
यससँगै देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको छ । त्यस्तै २४ घण्टामा २८४६ जना कोरोना संक्रमणबाट डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ८ हजार ३३४ संख्या पुगेको छ ।