यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।


फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को टिजर सार्वजनिक भएको छ । यो फिल्मबाट नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर डेब्यू गर्दैछन् । सार्वजनिक टिजरमा उनीहरुलाई प्रस्तुत गरिएको छ ।

Advertisement
दिपेश सापकोटाले निर्देशन गरेको फिल्ममा शिव श्रेष्ठ, आयुष्मान देशराज जोशी, प्रियंका कार्की, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ ।
फिस्टेल मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा यशोधा राई र दिनेश दर्शनाधारीको लगानी छ । फिल्ममा खुम तामाङ, सुनिल कटुवाल, रामनारायण शाह, दिनेश थापामगर, तारा तुलाधर सह–निर्माताको रुपमा छन् ।
टिजर हेर्नुस् :