सिडी विजयको आवाजमा ‘पुतली’ सार्वजनिक (भिडियो)

‘द भ्वाइस अफ नेपाल’को पहिलो सिजनका विजेता गायक सिडी विजय अधिकारीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘पुतली’ बोलको रोमान्टिक गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो ।

अमेरिका निवासी प्रोफेसर डा. कैलाश घिमिरेको रचना रहेको यस गीतमा राजेश थापाको सङ्गीत रहेको छ । जसलाई बिबी अनुरागीले सङ्गीत संयोजन गरेका हुन् भने श्याम श्वेत रसाइलीले मिक्सिंग गरेका हुन् ।

सार्वजनिक गीतको भिडियोमा टिकटक हुँदै म्युजिक भिडियोमा चर्चित बनेकी गरिमा शर्माका साथ चलचित्र ‘लम्फु’बाट डेब्यु गरेका नायक कबिर खड्का र बाल कलाकार आर्शिना भट्टराईले अभिनय तथा नृत्य गरेका छन् ।

भिडियोमा दशैँको माहौललाई रमाइलो ढङ्गबाट उतारिएको छ । भिडियो उत्सव दाहालको छायाङ्कन, नवीन निरौलाको सम्पादन तथा दिपेन गौतमको निर्माण व्यवस्थापनमा तयार भएको हो । सुबोल थापाको नृत्य निर्देशन गरेको म्युजिक भिडियोलाई जया शर्माको कन्सेप्टमा सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । 

https://www.youtube.com/watch?v=kWQjp9AraJs&feature=emb_title

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad