हेटौडामा पहिलो पटक गाईजात्रा बिषेश कार्यक्रम हुने भएको छ ।लायन्स क्लब तथा लियो क्लबको संयुक्त सहकार्यमा आगामी भदौ २ गते हेटौडा ४ मा रहेको ओम्याक्स सिनेमा हलमा हास्य कलाकारहरुको उपस्थितिमा  गाइजात्रा विषेश कार्यक्रम हुने भएको हो।

आइतबार हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै आयोजक लियो तथा लायन्स क्लबले  नेपालका ख्यातिप्राप्त हास्य कलाकारहरुको उपस्थितिमा प्रदेश प्रदेशमा गाइजात्रा कार्यक्रम अन्तर्गत  पहिलो पटक प्रदेश ३को राजधानी हेटौंडामा गाइजात्रा विषेश कार्यक्रम हुन लागेको जनाएको छ।

गाइजात्रा बिशेष कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री, मन्त्रीहरु राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सहभागिता रहने कार्यक्रम संयोजक अन्जन दाहालले बताएका छन्। कार्यक्रमबाट संकलित रकम समाजसेवाको कार्यमा प्रयोग गरिने र कार्यक्रममा करिब ४ सय जनाको सहभागीताको अपेक्षा गरिएको बताउँदै कार्यक्रमका  लागि १ हजार रुपैया दरको टिकटको व्यव्स्था गरिएको छ दाहालले बताएका छन्।

हेटौंडाका विभिन्न स्थान जस्तै ओम्याक्स हल, नारायणी मल, हेटौंडा ४ स्कुलरोडमा रहेको विद्यार्थी पुस्तक पसल, हेटौडा सुपर मार्केट कफीबार, तास हाउस लगायतका स्थानमा टिकट पाइने आयोजनाले बताएको छ।