Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

प्रेमिका श्वेतासँग बिहे गर्दै आदित्य नारायण

Company Register

चर्चित गायक तथा टेलिभिजन रियालिटी शोका संचालक आदित्य नारायण झाले प्रेमिका श्वेता अग्रवालसँग यो वर्षको अन्तिममा बिहे गर्ने तयारी गरेका छन् ।

Advertisement

आदित्य र श्वेताको भेट सन् २०१० मा प्रदर्शन भएको चलचित्र ‘शापित’ को शुटिङ सेटमा भएको थियो । यो चलचित्रमा एक साथ काम गरेपछि आदित्य र श्वेताको प्रेम सम्बन्ध अगाडि बढेको हो ।

भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै आदित्यले भनेका छन् ‘१० बर्षदेखि प्रेम सम्बन्धमा रहँदा हामीविच निकै धेरै उतारचढाव आएका छन् । मेरो परिवारले श्वेतालाई वुझेको छ । म खुशी छु कि श्वेता मेरो जीवनमा आएकी छिन् ।’

आदित्य र श्वेता प्रेम सम्बन्धमा भएको केही समयपछि उनीहरुबीच ब्रेकअप भएको चर्चा पनि चलेको थियो ।

तर, आदित्यले एकसाथ चलचित्रमा काम गरेपछि श्वेतालाई मन पराउन थालेको र त्यसको केही समयपछि प्रेम प्रस्ताव राखेको पनि बताएका छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...