Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आइतबार थपिए २ हजार ७१ संक्रमित, २२ जनाकाे मृत्यु

Company Register

काठमाडौं । आज (आइतबार) थप २ हजार ७१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा एक हजार ४१६ सहित देशभर दुई हजार ७१ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित थपिएका विभिन्न जिल्लामध्ये काठमाडौंका एक हजार १४५, भक्तपुरका ११० र ललितपुरका १६१ जनामा संक्रमण पुष्टि भएको हो ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा १२ हजार ४२७ जनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टिनमा ४ हजार ६१३ जना रहेका छन् । ३१ हजार ३१५ सक्रिय संक्रमितको उपचार चलिरहेको छ ।

आजको थप अपडेटसँगै नेपालमा कुल संक्रमित संख्या एक लाख ७ हजार ७५५ पुगेको छ । संक्रमितमध्ये ७५ हजार ८०४ जना डिस्चार्ज भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै एक हजार ५५२ जना डिस्चार्ज भएका छन् ।

यस्तै पछिल्लाे २४ घण्टामा नेपालमा थप २२ जना संक्रमितकाे मृत्यु भएकाे छ । याे सँगै मृतक संख्या ६३६ पुगेकाे छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...