Comments Add Comment

उत्तर कोरियाद्वारा फेरि मिसाइल परीक्षण

उत्तर कोरियाले समुद्रमा दुई मिसाइल परीक्षण गरेको छ। पछिल्ला सातामा उत्तर कोरियाले समुद्रमा परीक्षण गरेको यो पाँचौं चोटी हो।
उत्तर कोरियाली सेनाका अनुसार यी छोटो दुरीका ब्यालिस्टिक मिसाइल हुन्।

यदि यसको आधिकारिक पुष्टि भएमा संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को प्रस्तावनाविपरीत हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता कि जोङ उनबाट सुन्दर पत्र पाएको बताएलगत्तै मिसाइल लन्च गरिएको हो।

हालैको अमेरिका र दक्षिण कोरियाको संयुक्त सैनिक अभ्यासप्रति किम खुसी नरहेकोे ट्रम्पले बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर