घट्यो डिजेल र मट्टितेलको मूल्य

अनलाइन पत्र संवाददाता२०७७-०६-१५ No Comments

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँ घटाएको छ। भारतीय आयल कर्पोरेसनबाट केही मूल्य घटेर आएकाले समायोजन गरिएको निगमले जनाएको छ।

जसअनुसार अब दुवैको मूल्य काठमाडौं उपत्यकामा प्रतिलिटर ८९ रुपैयाँ कायम भएको छ। घटेकाे मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएकाे छ।

पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ। 

हाल मूल्य समायोजनपश्चात पनि भारतको रक्सौलसँग सीमा जोडिएको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर २८ रुपैयाँ ७५ पैसा र डिजेल प्रतिलिटर ३४ रुपैयाँ ७७ पैसा नेपालतर्फ सस्तो रहेको निगमको दावी छ। 

Ad
Ad