Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आइपिएल : हैदराबादको पहिलो जित

Company Register

इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले पहिलो जित दर्ता गरेको छ । मंगलबार राती भएको खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले तेस्रो खेलमा पहिलो जित दर्ता गरेको हो । जारी सिजनमा दिल्लीको भने यो पहिलो हार हो । जितका लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४७ रन मात्र बनाएकोे थियो ।

Advertisement

दिल्लीलाई अन्तिम १२ बलमा जितको लागि ३७ रन आवश्यक परेको थियो । १९ औं ओभरमा ९ रन बटुलेपछि अन्तिम ओभरमा जितको लागि २८ रन आवश्यक परेको थियो । तर दिल्लीले अन्तिम ओभरमा एक विकेट गुमाउँदै १२ रन मात्र बनाउन सक्यो । अन्तिम बलमा कागिसो रबाडाले छक्का प्रहार गरेपनि जितको लागि त्यो पर्याप्त थिएन । रबाडा ७ बलमा १ चौका र १ छक्का सहित १५ रनमा अविजित रहे ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...