नेपाली कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुलीले कोरोना संक्रमिणत पत्रकारलाई आर्थिक सहयोग गरिएका छन् । पराजुलीलाई कोरोना पोजेटिभ देखिए पश्चात कोरोना विमाबाट आएको रकम सामाजिक कार्यमा खर्चेको पराजुलीले शुक्रबार नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष तथा प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीलाई जनही पाँच हजारको दरले पन्ध्र हजार हस्तान्तरण गरेका छन् ।

रकम हस्तान्तरण पश्चात नगर सभापति पराजुलीले आफुले कोरोना जोखिमको बेला फ्रन्टलाईनमा रहेर काम गर्नेलाई मानवताको नाताले सहयोग गरेको बताए । यसअघि पराजुलीले जिल्ला प्रहरी कार्यालयलाई संक्रमित प्रहरीहरुको लागि भनि ५० हजार रकम हस्तान्तरण गरेका थिए भने फुड बैंंक सानोपोखरालाई १५ हजार बराबरको सहयोग गरेका थिए । युनियनका अध्यक्ष कुमार अधिकारीले प्राप्त रकम बुझ्दै नगर सभापत्ति पराजुलीलाई धन्यवाद व्यक्त गर्दै संक्रमित भएका मकवानपुरका ३ जना पत्रकारलाई उक्त रकम प्रदान गर्ने बताए ।