Comments Add Comment

कीर्तिपुरमा घरबेटीको कुटपिटबाट एक जनाको मृत्यु

काठमाडौं – काठमाडौंको कीर्तिपुरमा घरबेटीको कुटपिटबाट एक जना डेरावालाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका- ७, भाजंगालमा घरबेटीले भाटाले हानी घाइते बनाएका भाडावाल बाराका शम्भु चौधरीको मृत्यु भएको हो । 

महानगरीय प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक (डीएसपी) रूकेश तन्डुकारका अनुसार शुक्रबार दिउँसो घरबेटी प्रेमकृष्ण महर्जनको कुटाइबाट घाइते भएका ४८ चौधरीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चौधरीको उपचारका क्रममा आज दिउँसो २ बजेतिर मृत्यु भएको हो ।

सामान्य विवादमा शुक्रबार बिहान घरबेटी महर्जनले चौधरीलाई कुटपिट गरेका थिए । हाल उनको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ भने अनुसन्धानका लागि घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर