“अनाथ”

विवस भई कराउदै छु
हो म एकोहोरो चित्याउदै छु
म त अनाथ भए आमा माया दिने को छर
भन्देऊ न ए सरकार पर्नु अब म कस्को भर

गाऊका बाँसहरु भन्दा अग्ला छन् घरहरु
आख्ला भन्दा बढी छन् घरका तलाहरु
तर
त्यही शहरको गल्ली गल्लीमा बेघर, भोकै रुदैछु
गाऊमा परिवार भए पनि यहा अनाथ हुँदैछु

न आफु दोषी छु न अरु छ झै देख्छु
सधै आफ्नो भाग्य खोटी लेख्छु
सडक छेऊमा थुपारिएको फोहोरजस्तै
कुहिरहेछन् यहाँ सपनाका लासहरु
सडक पेटी घर हातको सिरानीसगै
सपनामा खाएको देख्छु ति अन्नका गाँसहरु

दुःख देख्ने मनहरु भेट्नै गाह्रो भयो
मानवता हराउन गयो बाँचेर भारै भयो
धिक्कार छ जन्मजातै सानो अनि गरिबी लेखियो
पटुकी कसी सपनामा टन्न हुदै निदाएको
म जस्ता हजारौ आज मृत भेटियो

जीवन पाण्डे